प्रताप दासको सहकार्यमा जिवी चिरनको नयाँ गीत “जात” सार्वजनिक (भिडियो)

कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले (जिविचिरन) ‘जात’ बोलको गीत सार्वजनिक गरेका छन्। रुकुम घटनापछि मुलुकमा जातिय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरेका हुन्।

गीतमा जिविचिरन, गायक प्रताव दास र प्रविन भट्टको आवाज छ, भने ललित पौडेलको शब्द तथा ओम सुनारको संगीत रहेको छ। गीतको भिडियोमा अभि सुनार,गीता ढुंगाना र रविन्द्र सुबेदिको अभिनय छ। भिडियोको अन्तिममा लोकप्रिय गजलकार सुमन स्मारिकाको मुक्तक उन्कै आवाजमा प्रस्तुत गरिएको छ। ढुंगाना अहिले लोकप्रिय बन्दै गएको टिकटक एपमा चर्चित छिन्।

जिविचिरनले नै निर्देशन गरेको भिडियो आहा टिभीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ तथा भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए। सापकोटाले गीतमा समाजमा अझै पनि जातको आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेका कारण आम मानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको बताए।

भिडियो :

प्रतिक्रिया