अर्थव्यवस्था सुधार्न अमेरिकाले अब भिसामा रोक लगाउने

काठमाडौँ। अमेरिकाले आफ्नो मुलुकमा आउने दिइने भिसामा रोक लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । केरोनाभाइरस महामारीको कारण बिग्रिएको रोजगार बजारमा संघर्ष गरिरहेका आफ्ना नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्न केहि दिनमा भिसामा नयाँ प्रतिबन्ध लगाउने ट्रम्पले घोषणा गरेका हुन्।

उनले विदेशी कामदारहरूको प्रवेशलाई प्रतिवन्ध लगाई अमेरिकी नागरिकहरुलाई रोजगारीको सुरक्षा दिन उक्त निर्णय गरेका हुन्। फक्स न्यूजलाई अन्तर्वार्ता दिने क्रमममा उनले केहि दिनमा भिसामा प्रतिबन्ध लगाउने बताएका हुन्।

ट्रम्पले यस नयाँ प्रतिबन्धहरुको बारेमा विस्तृत विवरण प्रदान गर्न अस्वीकार गरेका छन् । आलोचकहरूका अनुसार महामारीको कारण देखाउँदै अमेरिकामा आप्रवासन सीमित राख्ने आफ्नो लामो समय देखिको लक्ष्य हासिल गर्न ट्रम्पले यस्तो निर्णय गरेका हुन्।

प्रतिक्रिया