ज्ञानु संगम खड्का/नेपालगन्ज : आज विश्व संगीत दिवस। आजको दिनलाई विभिन्न गीत संगीतमा आवद्ध कलाकार एवम संगीतमा रमाउने दर्शक स्रोताले विशेष रुपमा मनाए।
यसैबीच विश्व संगीत दिवसको अवसरमा आज चर्चित संगीतकार एवम सर्जक अर्जुन पोखरेलको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ।
सार्वजनिक “मैले बोलेको छैन” बोलको गीतमा चर्चित गायक कृष्ण काफ्ले, बुद्ध लामा, गायिका अस्मिता अधिकारी र समीक्षा अधिकारीको सुमधुर आवाज रहेको छ। मेलोडियस शैलीको उक्त गीतमा अर्जुन पोखरेलकै शब्द संगीत रहेको छ।
महामारीको रुपमा फैलिएको कोरोना अनि लकडाउनका कारण लामो समय सम्म म्युजिकमा सक्रिय नभएका गायक कृष्ण काफ्ले यसै गीत मार्फत दर्शक स्रोता माझ प्रस्तुत भएका छन् । उसो त बुद्ध लामा, अस्मिता अधिकारी र समीक्षा अधिकारी पनि लामो समयपछि नै कमब्याक भएका हुन् ।
माया प्रेममा आधारित गीतको अडियो एकदम मेलोडियस छ। अडियोले सुन्ने जोकोहीको मन सजिलै आकर्षित गर्ने गर्छ। अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा कृष्ण ,बुद्ध , अस्मिता, समीक्षा र किरण भुजेल फिचर्ड छन् ।
उद्धव दाहालले खिचेको भिडियोलाई बिधान कार्कीले निर्देशन गरेका हुन भने बिकास दाहालले सम्पादन गरेका हुन। गीतको भिडियो द डिभाइन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो। हेर्नुस भिडियो..









