प्रमोद खरेलको नयाँ गीतमा राजकुमार र अलिशाको रोमान्स (भिडियो)

ज्ञानु संगम खड्का/नेपालगन्ज : चर्चित गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक “तिम्रो मेरो साथ” बोलको गीतमा प्रमोद र प्रबिशा अधिकारीले आवाज दिएका छन् । गीतमा शब्द तथा संगीत किरण बाबू पुनको रहेको छ।

साँचो माया प्रेममा हराइरहेका अनि डुबिरहेका प्रेमिल जोडिको कथा बस्तुमा आधारित गीतको अडियो एकदम मनछुने छ। गीतमा समाबेश प्रत्येक शब्दले सुन्ने जोकोहीको मन केन्द्रित गर्दछन।

गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक बनेको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा राजकुमार मगर र अलिशा पुन मगर फिचर्ड छन् । उनीहरूको केमिस्ट्री भिडियोमा गज्जब देखिएको छ।

यसै भिडियो मार्फत राजकुमारले मोडलिङमा डेव्यु समेत गरेका छन। करिब लामो समयदेखि म्युजिक भिडियो निर्देशन एबम सम्पादम गर्दै आएका राजकुमार फिचर्ड यो पहिलो भिडियो हो।

भिडियोमा राजकुमारकै निदेशन एवम सम्पादन रहेको छ। भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने अमर सुवेदीले कोरियोग्राफी गरेका हुन। गीतको भिडियो द परान म्युजिकको अफिसियल युटुब च्यानलबक्ट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…

प्रतिक्रिया