नेपालगन्ज : अपाङ्गता भएका व्यक्तीहरुको सहजताका लागी बाँकेको खजुरामा सहायक तथा खाद्य सामाग्री प्रदान गरिएको छ । कोभिड १९ ले गर्दा भएको लकडाउनको असरले गर्दा पिडित बन्नपुगेका अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग स्वरुप आज खजुरामा सहायक तथा खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।
मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग तथा डेक नेपाल बाँकेको समन्वय र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा खजुरा गाउँपालीकाको आयोजनामा अपागं सञ्जाल खजुराले एक कार्यक्रमको आयोजना गरि ६ जनालाई ट्राइ साइकल, १ जनालाई ह्वील चीयर वितरण गरिएको हो । सोही कार्यक्रममै अपाङ्ग सशक्तिकरण एवं संचार केन्द्र (डेक ) नेपालले ५० जना अपाङ्गा भएका व्यक्तीहरुलाई खाद्य सामाग्री पनि वितरण गरेको छ ।
वितरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले अपाङ्गता भएका व्यक्तीहरुको सहजता र पहुचका लागी आगामि दिनमा अपाङ्गताको क्षेत्रमा थप कार्यक्रम तथा वजेट ल्याउने प्रतिवद्धता जनाए । कक्षपतिले विपतको समयमा राहत उपलब्ध गराएको डेक नेपाललाई धन्यवाद पनि दिए । गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले अपाङ्गता भएका व्यक्तीहरुले पाएको सहायक सामाग्री प्रयोगमा ल्याउन सुझाव दिइन ।

डेक नेपाल बाँकेका कार्यकारी निर्देशक तथा अपाङ्ग महासघं ५ नं. प्रदेश अध्यक्ष देविदक्त आचार्यले विपदको समयमा जोखीमलाई न्युनीकरण गर्नका लागी सहजीकरण गरि सामाग्री वितरण गरिएको जानकारी दिए । सबै मिलेर विपदको सामना गरे जोखीम कम गर्न सकिने उनको धारणा छ । कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शुसिला न्यौपाने, डेक नेपालका अध्यक्ष हरिकला थापा लगाएतको सहभागिता रहेको थियो ।
डेक नेपालले यस अघि पनि नेपालगंज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा पनि सुरक्षा तथा सरसफाइ, खाद्य तथा सहायक सामाग्री वितरण गरिसकेको छ ।









