विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघ्यो, कुन देशमा कति ? हेर्नुस्

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ७०हजार ६ सय ६५ पुगेको छ भने संक्रमितको संख्या ९० लाख ४४ हजार ५ सय ६३ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ४८ लाख ३७ हजार ९ सय ५२ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २३ लाख ५६ हजार ६ सय ५७ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ९ लाख ८०  हजार ३ सय ५५ जना निको भइसकेका छन् । 

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५० हजार ६ सय ५९ पुगेको छ भने संक्रमितको संख्या १० लाख ८६ हजार ९ सय ९०  पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ११ पुगेको छ भने संक्रमितको संख्या ५ लाख ८४ हजार ६ सय ८० पुगेको छ ।

प्रतिक्रिया