भेरी अस्पतालमा विग्रेको दुई वटा डायलासिस मेसिन मर्मत नहुने गरि थन्कियो

खगेन्द्र दाहाल/ नेपालगन्ज :

भेरि अस्पतालमा विग्रेको दुई वटा डायलासिस मेसिन मर्मत नहुने गरि थन्कियो

भेरी अस्पताल नेपालगन्जमा केहि महिना अघि विग्रेको दुई वटा डायलासिस मेसिन मर्मत नहुने गरि विग्रेको छ ।

अस्पतालमा रहेको चार मेसिन मध्ये गत जेष्ठ र साउनको महिनामा दुई वटा मेसिनमा समस्या आएपछि अस्पतालले मर्मतको लागी पटक पटक स्वदेशि तथा विदेशी प्रावधिकबाट मर्मत गराउदा पनि मेसिनले काम गर्न नसकेपछि मर्मत नै नहुनेगरि विग्रिएको हो ।

भेरी अस्पतालमा रहेको ‘जोय हिल’ नामको डायलासिस मेसिन अन्य अस्पतालमा पनि रहेको र ति अस्पतालमा पनि यस्तै मर्मत गर्न नसकिने गरि विग्रिएको क्लासिक इन्टरप्राइजेज त्रिपुरेश्वर काठमाडौँका प्रमुख जिवेशजंग कोइरालाले जानकारी दिनुभएको छ ।

डायलासिस मेसिन मर्मत गर्ने क्लासिक इन्टरप्राइजेजले एक पत्र भेरी अस्पताललाई पठाउदै उक्त मेसिन अव बनाउन सम्भव नभएको उल्लेख गरेका छन ।

लाखौ रुपैया पर्ने उक्त डायलासिस मेसिन १८ महिना सम्म पनि राम्रोसगं नचलेपछि अस्पताललाई थप विरामिको चाप बढेको छ । डायलासिस सुरु हुनु भन्दा अघि चार वटै मेसिनबाट उपचार भैरहेको थियो ।

भेरि अस्पतालमा विग्रेको दुई वटा डायलासिस मेसिन मर्मत नहुने गरि थन्कियो

चार महिना जेनतेन चलेको २ वटा डायलासिस मेसिन विग्रीएपछि उपचारका लागी आउने विरामीलाई यसको प्रत्यक्ष मार परेको छ ।

डायलासिस मेसिन विग्रियपछि यसको समस्या समाधानको लागी अस्पताल समितिले स्थानिय सरकार, सघिंय सरकार तथा सरोकारवालहरुलाई समस्या समाधानका लागी पहल गरिदिन आग्रह पनि गरिसकेको छ ।

तर मन्त्रालयले नयाँ मेसिन ल्याउने विषयमा कुनै पहल नगरेको भेरि अस्पतालका डायलासिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा मिर्गोलाको रोगि दिन प्रतिदिन बढ्ने क्रममा रहेको र थप मेसिन उपलव्धता नहुदाँ उपचारमा समस्या भएको डायलासिस विभाग प्रमुख डा.श्रेष्ठले बताउनुभयो ।

उहाँले मेसिन उपलव्ध गराए काम गर्न तयार गरेको बताउनुभयो । डायलासिस मेसिन नहुँदा विरामिले सधैजसो आफ्नो पालो कहिले आउछ भनेर डाक्टरलाई सोध्ने गरेका छन ।

पुरानो मेसिन नबने भएपछि नयाँ मेसिन ल्याउन सबैले पहल गरिदिन डाक्टर श्रेष्ठले आग्रह गर्नुभयो ।

अस्पतालका अनुसार चार मेसिन मध्य दुई वटा विग्रिएपछि हाल १७ जना विरामि डायलासिसका लागी चार महिना देखि पालो कहिले आउछ भनेर पर्खेर बस्न बाध्य भएका छन ।

डायलासिस समेत गराउन पालो नपाएर कति विरामिको मुत्यु पनि भैसकेको छ, भने ९ जनालाई मात्र पालो लगाएर डायलासिस गराउन सकिएको डायलासिस विभागमा कार्यरत स्टाफ नर्श जसिन्द्रा खत्रिले जानकारी दिनुभयो ।

भेरि अस्पतालमा विग्रेको दुई वटा डायलासिस मेसिन मर्मत नहुने गरि थन्कियो

हप्ताको दुई दिन डायलासिस सेवा दिइरहेको अस्पतालले सेवा सुरु गरेको पुस १२ गते दुई वर्ष पुगिसकेको छ ।

हाल सम्म १६ सय ८३ पटक डायलासिस सेवा प्रदान गरिसकेको अस्पतालले जनाएको छ ।

नेपाल सरकारले डायलासिस गर्नुपर्ने विरामिलाई निशुल्क गर्ने भनेर निर्णय गरेपनि मेसिन अभावमा बाँके, बर्दिया लगाएका विरामिहरु महङगो शुल्क तिरेर निजि अस्पतालमा डायलासिस गराउन बाध्य छन ।

भेरि अस्पतालमा विग्रेको दुई वटा डायलासिस मेसिन मर्मत नहुने गरि थन्कियो

प्रतिक्रिया