काठमाडौं – नेपथ्यका चर्चित गायक अमृत गुरुङ अहिले खेतीपातीमा व्यस्त छन् । आफ्नो नीजी जीवनमा असाध्यै साधारण गायक गुरुङ अहिले खेतबारीमै रमाउन थालेका छन् । एक चर्चित कलाकार खेती किसानीमा रमाएको देख्दा गाउँ फर्किन लागेका हरकोहीलाई प्रेरणा हुनेछ।
तस्बिरमा उनको कृषिप्रेम निकै लोभलाग्दो छ । कोरोनाभाइरसका कारण आफ्नो गाउँ फर्किएका गुरुङले गाउँममा खेतीपाती गरेको तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । तस्बिरमा उनको कृषिप्रेम झल्किरहेको छ ।









