वडाध्यक्ष सुनारको अगुवाईमा क्यान्सर पिडित दिनालाई घर फर्काउन अभियान


पहिलो दिन १ लाख २३ हजार बढि संकलन
नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ बस्ने क्यान्सर पिडित दिना परियारलाई घर ल्याउन खजुरामा अभियान थालिएको छ । एक वर्ष अघि काठमाडौमा क्यान्सरको उपचार गराइरहेकी दिना परियारलाई अस्पतालले अब घरमै बसेर बाँकी औषधि खान सुझाव दिएपछि अस्पतालमा तिर्न रहेको आर्थिक अभाव हुदाँ समस्या भएको थियो ।

अस्पतालमा दिने पैसाको अभावले गर्दा दिना परियार घरमा आउन मिल्ने भएपनि अस्पतालमै केहि दिन देखि बसिरहन परेकाले खजुरा गाउँपालिका वडा नम्बर चारका वडाध्यक्ष तिलकविर सुनारले क्यान्सर पिडित दिना परियार घर फर्काउन अभियान थालेको छन । वडाध्यक्ष सुनारले थालेको अभियानको पहिलो दिन १ लाख २३ हजार ५ सय ५५ सहयोग संकलन भएको छ । वडाध्यक्ष तिलकविर सुनारले आफ्नो व्यतिmगत तर्फबाट ३० हजार सहयोग गरेर अभियान सुरु गरेका हुन ।

सहयोगी मनभएकाहरुलाई बोलाएर सहयोग गरिदिन आग्रह गरेपछि मेघजङ शाहले २५ हजार, नेत्र रानाभाटले ११ हजार, आशिष कुमार चौधरीले ११ हजार, खजुरामा रहेको ओपिसि इट्टा उद्योगका संचालक यान बहादुर गोदारले १० हजार ५ सय, दिपक अधिकारीले १० हजार, खजुरा मिनि पार्कले ५ हजार ५ सय ५५, मदन कुमार अग्रवालले ५ हजार, मनोहर केसीले ५ हजार र किरण क्षेत्रिले ५ हजार रुपैया सहयोग गरेका हुन ।

दिना परियारलाई अस्पताल बाट खजुरा ल्याउदा सम्म २ लाख ५० हजार खर्च लाग्ने देखिएकाले थप सहयोगीमनहरुलाई यस्तो पुन्य काममा सहयोग गरिदिन वडाध्यक्ष तथा युवा नेता सुनारले आग्रह गरेका छन । दिनाको उपचारका लागी सुरु देखि अभियान सन्चालन गर्ने खजुराका मिरा खनालले अब दिना बहिनीको लागी अन्तीम सहयोगको हात बढाइदिन आग्रह गरेकी छन । लुगा सिएर जिविको पार्जन गर्ने गरेकी दिना परियारलाई क्यान्सर भएपछि उनको उपचारका लागी सुरुदेखिनै सहयोग माग्दै उपचार गरिएको हो ।

प्रतिक्रिया