चर्चित बाल गायिका कमला घिमिरेको पहिलो तीज गीत यस्तो बन्यो (हेर्नुस)

ज्ञानु संगम खड्का/नेपालगन्ज : हिन्दु नारीको महान चाड हरितालीका तीज आउन केही महिना बाँकी रहँदा तीज सम्बन्धि गीतहरु बजारमा सार्वजनिक हुने क्रम सुरु भइसकेको छ।

कोरोना भाइरस अनि लकडाउनक कारण पोहोर सालको तुलनामा यो साल तीजका गीत अलि ढिलो सार्वजनिक भइरहेका छन् । यसैबीच चर्चित बाल गायिका कमला घिमिरेको पहिलो तीज गीत बजारमा सार्वजनिक भएको छ।

मौलिक शिलीमा आधारित उक्त तीज गीतमा कमला र खेम सेन्चुरीको आवाज रहेको छ। गीतमा नेत्र अर्यालले शब्द लेखेका छन भने संगीत दिने काम खेम सेन्चुरीले गरेका छन् । गीतका प्रत्येक शब्द मौलिक छन् । गीतको लय पनि एकदम मौलिक छ।

यस गीतका लगानीकर्ता शम्भु कुँवर हुन् । कमल घिमिरेको पहिलो गीत “चिया छानेको”मा पनि शम्भुले नै लगानी गरिदिएका थिए। गीतको अडियोले सुन्ने जोकोहीको ध्यान केन्द्रित गर्दछ।

गीतको भाव अनुसार भिडियो पनि एकदम आकर्षक बनेको छ। भिडियोमा कमाला घिमिरे, खेम सेन्चुरी र सरस्वती फुयालको अभिनय देख्न सकिन्छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भने, सम्पादन विष्णु शर्माले गरेका छन् ।

गीतको भिडियो शुभारम्भ डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। कमल घिमिरेका अन्य गीत जस्तै यस गीतलाई पनि दर्शक स्रोताले रुचाउने अपेक्षा निर्माण युनिटले गरेको छ। हेर्नुस् भिडियो..

प्रतिक्रिया