एजेन्सी – सोमबार राति इटालियन सिरि ए अन्तर्गत भएको खेलमा युभेन्ट्सले सानदार जित हासिल गरेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्ट्सले बेलोग्नालाई २–० गोलले पराजित गर्न सफल भयो ।
उक्त खेलको २३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उाले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि खेलको ३६ औं मिनेटमा पाउलो ड्याबालाले गोल गरे । पहिलो हाफ अघि नै २–० गोलले अग्रता पाएको युभेन्ट्सले जित हासिल गर्यो ।
जितसँगै युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता लाजियोसंग ४ अंकको अग्रता लिएको छ । युभेन्ट्स ६६ अंक सहित शीर्ष स्थानमा रहेको छ भने लाजियोको ६२ अंक रहेको छ ।











