प्रतिभा प्रस्फुटनको माध्यम बन्दै “नेपालगन्ज टिकटक ग्यालरी”

नेपालगन्ज : पछिल्लो समय आफू भित्रको प्रतिभा प्रस्फुटनको गतिलो माध्यम बनेको चिज हो टिकटक। १ मिनेट सम्मको भिडियो राख्न मिल्ने टिकटकमा अधिकांशले आफ्नो प्रतिभा देखाएर पछिल्लो समयमा चर्चित बनिसकेका छन।

यस्तै, टिकटकको माध्यमबाट प्रतिभा उजागर गर्नका लागि नेपालगन्जमा केही युवाहरू मिलेर “नेपालगन्ज टिकटक ग्यालरी” नाम दिएर फेसबुक ग्रुप खोलेका छन् । सुरुमा ग्रुप खोल्ने युवा हुन रवि बस्नेत। आफ्नो श्रीमतीले टिकटक बनाइरहने र त्यसैबेला लुकेका प्रतिभा बाहिर ल्याउन टेवा पुगोस् मन्ने सोचका साथ अप्रिल १७ मा आफुले उक्त ग्रुप खोलेको बताउँछन एडमिन रवि बस्नेत ।

टिकटकमा बनाइएका भिडियोहरुलाई ग्रुप मार्फत धेरैको सामु पुर्याउँदा प्रतिभाको प्रचारमा सहयोग पुगेको पनि बस्नेत बताउँछन् । उनले यतिबेला ग्रुपसंगै सोही नामको युटुब च्यानल पनि सन्चालन गरिरहेका छन् । युटुब राम्रोसंग चल्दै गयो भने युटुबबाट हुने कमाई बेसहारा बालबालिकालाई सहयोग गर्ने उनको योजना छ।

हाल उक्त ग्रुपमा हप्तामा एउटा कुनै न कुनै गेम सन्चालन हुने गर्छ। दिनहुँ जसो धेरैले आफ्नो टिकटक भिडियो ग्रुपमा पोस्ट गरिरहेका हुन्छन् । जसले गर्दा अधिकाँशको प्रतिभा सबैले चिन्न पाएका छन् र उनीहरूलाई धेरैको सकारात्मक प्रतिक्रिया पनि मिलेको छ। करिव २ महिनाको अबधिमा ४ हजार बढी मेम्बरहरु ग्रुपमा जोडिएका छन् ।

ग्रुपलाई अहिले रबि बस्नेत, डाक्टर अविसेक अर्जेल, समिरमान श्रेष्ठ , सुबेश श्रेष्ठ ,सन्जय श्रेष्ठ , मोनु श्रेष्ठ , समर सिजापती र समीक्षा अधिकारी मिलेर अघि बढाइरहेका छन् । सोच्दा यो फेसबुक ग्रुप सामान्य लागे पनि धेरैको लुकेर रहेको गतिलो माध्यम बन्दै गएको छ।

प्रत्येक हप्ता प्रतिभा प्रस्फुटन सम्बन्धि विभिन्न प्रतियोगिताहरु गराइ रहँदा ग्रुपका सदस्यहरुबाट राम्रो प्रतिक्रिया मिलेको ग्रुपमा लिडर एवम एडमिन रवि बस्नेतले बताए।

प्रतिक्रिया