कोहलपुर र बैजनाथमा अपाङ्गता भएकालाई राहत वितरण


नेपालगन्ज : कोरोना भाइरसले समस्यामा परेका बाँके कोहलपुर र बैजनाथ गाउँपालिकाका अपाङ्गता भएका व्यक्तीहरुलाइ राहत वितरण गरिएको छ । सि.बि.एम. नेपालको आर्थिक सहयोग र स्थानीय तहको सहकार्यमा अपाङ्गता शसक्तिकरण एंव सञ्चार केन्द्र (डेक नेपाल) द्धारा सञ्चालित समावेशी समुदाय परियोजना अन्तरगत दुई वटै स्थानीय तहका १ सय १९ जना लाई खाद्य सामाग्री वितरण गरिएको हो ।

कोहलपुर नगरपालिकाका सबै वडाका ५९ जना र बैजनाथ गाउँपालिकाका सबै वडामा ६० जनालाई गरि १ सय १९ जना अपाङ्गता भएका व्यक्तीहरुलाई राहत वितरण गरिएको परियोजनाका प्रवन्धक रामलाल चौधरीले जानकारी दिए । लक्षीत कार्यक्रम अनुसार दुई वटै स्थानीय तहमा यहि असार ६ गते बाट सुरु गरिएको खाद्य सामाग्री वितरण कार्यक्रम आज मंगलबार सम्म सम्पन्न गरिएको परियोजनाका प्रवन्धक चौधरीले जनाए ।

कोहलपुरमा एक जनाका दरले १५ केजी चामल ,डेढ केजी दाल, १ लीटर तेल र १ केजी नुन वितरण गरिएको छ भने बैनजाथ गाउँपालिकामा एक जनालाई ३० केजी चामल, डेढ केजी दाल, १ लीटर तेल र एक केजी नुनका दरले वितरण गरिएको छ ।

प्रतिक्रिया