काठमाडौं : चर्चित गायिका इन्दिरा जोशी अहिले आफ्नो फेक अकाउन्टका कारण तनावमा छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्टको स्क्रिन सट राख्दै आफ्नो फेक ट्वीटर अकाउन्ट बनाएर सामाजिक सञ्जालमा अपवाह फैलाएको बताएकी छिन् ।
उनको फेसबुक र इन्स्टाग्राममा दुई वटा भेरिफाईड अकाउन्ट छन् । तर उनका फेसबुक, ट्वीटर र इन्स्टाग्राममा फेक अकाउन्टहरु छन् । यसैका कारण उनी अहिले तनावमा छिन् । उनले आफ्नो भेरिफाईड फेसबुकमार्फत कोहीले आफ्नो फेक अकाउन्ट बनाउन समय खेर फालिरहेबो बताएकी छिन् ।










