सन नेपाल लाईफ इन्स्योरेन्सले दियो मृत्युदावी भुक्तानी

बाँके :

सन नेपाल लाईफ इन्स्योरेन्सले दियो मृत्युदावी भुक्तानी

राप्ती सोनारी गाउँपालिका वडा नं ६, फत्तेपुर (छटकपुर) निवासी स्व- आशाराम थारुको मृत्यु भयपछी निजका आफन्तलाई आज एक कार्यक्रम गरि सन नेपाल लाईफ इन्स्योरेन्सले मृत्युदावी भुक्तानी दिएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा मिति २०७५/११/२२ मा रु १ लाखको अाफनो छोरा एलिस थारुको जीवन बीमा गरेर बीमा प्रस्तावक बसेका अाशारामको २०७६/०६/२१ मा हृदयाघात भई मृत्युु भएको थियोे ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा आज उक्त रकम नीजको छोरा एलिसको पढाइ खर्च बापत मासिक रु २००० का दरले तीन महिनाको रु ६०००/ र किरीया खर्च २५०००/ पच्चीस हजार रुपैयाँ दिएको उक्त कम्पनीका कोहलपुर उपशाखाका प्रमुख दल बहादुर थारुले बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिका छटापुरमा लगभग ५० जनाको उपस्थितिमा उक्त कम्पनीका महाप्रबन्धक कमलराज गौतमले चेक हस्तान्तरण गरेको सन नेपाल लाईफ इन्स्योरेन्स बाँके बर्दियाका शाखा प्रवन्धक कमल शाहीले बताउनुभयो ।

प्रतिक्रिया