कोहलपुर :

ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख डिएसपी हेम बहादुर शाहीलाई आइतबार बिदाई समारोह कार्यक्रम गरि बिदाई गरिएको छ ।
बैजनाथ गाउँपालिका ६ सम्झना चोक स्थित श्री रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था सेवा केन्द्रको सहकार्य र बैजनाथ राष्ट्रिय दैनिक पत्रीकाको आयोजनामा सम्पन्न कार्यक्रममा बैजनाथ दैनिकका प्रधान सम्पादक लोकेन्द्र बिक्रम शाहिले कोहलपुर क्षेत्रमा जुवा-तास र गुन्डागर्दीलाई निर्मुल पारेको र छोटाे समयमा धेरै राजश्व संकलन डिएसपी शाहिले गरेको बताउनुभयो ।
बिदाई समारोहमा डिएसपी शाहीलाई दोसल्ला, अबिर र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा बैजनाथ दैनिकका प्रकाशक कुशल दलामी, प्रधान सम्पादक लोकेन्द्र बिक्रम शाही, कार्यकारी सम्पादक दिपक कुमार राई , नब किरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु रुचाल, युवा संजाल नेपाल बैजनाथका उपाध्यक्ष यज्ञ पुन, श्री रारा बिजय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड सेवा केन्द्रका ब्यवस्थापक सपना बि. क. स्थानीय समाजसेवी बिनोद शाह र निरक शाह लगाएतको उपस्थितिमा रहेको थियो ।
कार्यक्रममा बोल्दै डिएसपी शाहिले रारा बिजय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड र बैजनाथ राष्ट्रिय दैनिकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । शाही कोहलपुरबाट रौतहटको चन्द्रनिगाहपुर सरुवा भएका छन् ।










