नेपालगञ्जको बजेट एक अर्व ४७ करोड

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिकवर्ष २०७७÷७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार भएको नगरसभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजिगत खर्च एक अर्व २० करोड र वित्तिय व्यवस्थातर्फ तनि करोड १० लाख व्यय हुने अनुमान गरिएको जानकारी दिनुभयो । बजेटमा आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकोमा जोड दिइएको छ ।

कोभिड १९ को कारणले सबैभन्दा बढि होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटपार्लर लगायतका व्यवसायमा परेको असरको अवस्थालाई मध्यनजर गरि नेपाल सरकारले गरेको निर्णय बमोजिम खुल्ने र नखुल्ने पसुलहरु हेरी नखुल्ने पसल संचालन गरिरहेका व्यवसायीले व्यवसायकर पौष मसान्तभित्र बुझाएमा आव २०७७–२०७८ को लागि मात्र लकडाउन अवधिभरको दामासाहिले व्यवसायकर छुट दिइने प्रस्ताव गरिएको छ ।

यसैगरी बजेटमा कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्यनजर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय संचालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताउनुभयो ।

अपांगता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांगता भएका व्यक्ति संचालक भएको उद्योगि व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइने र लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला संचालक भएको उद्योगि व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइने प्रस्ताव पेश गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले ७ औं नगरसभामा बुधबार प्रस्तुत गर्नुभएको आव २०७७÷७८ को अनुमानित बजेटको मुख्य अंश कोभिड १९ ले गर्दा चालु आवमा अनुमानित आय पुरा नभएको अवस्थामा आउने आर्थिक वर्षमा पनि पर्न सक्ने असरहरुलाई अनुमान गरेर बजेट बनाउनु पर्ने बाध्यत्मक अवस्थालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०७७ २०७८ को महत्वकांक्षी अनुमानित आय व्यय प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया