खजुराको बजेट पौने अर्व बढि


खजुरा : बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागी पौने अर्व बढी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ७६ करोड ३७ लाखको बजेट विनियोजन गरेको हो । खजुरा गाउँपालिकाका उप प्रमुख एकमाया विकले बार्षिक वजेट प्रस्तुत गर्दै रु.७६ करोड ३७ लाख ४१ हजार ३ सय ८७ को बजेट सातौ सभामा प्रस्तुत गर्नुभएको थियो ।

उप प्रमुख विकले गाउँपालिकाका लागी संघीय,प्रदेश र आन्तरिक श्रोत गरेर उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सभाले प्रस्तुत बजेटलाई पास गरिसकेको छ । बजेटमाथि छलफल गर्न खजुरा गाउँपालिकाले असार २५ गते पुनः बैठक बोलाइएको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो ।


खजुरामा निर्माण भैरहेको बहुउदेश्यीय सभागृहको नाम पनि टुङगो लागेको छ । सभामा वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनारले सभागृहको नाम मदन भण्डारी सभागृह प्रस्ताव गरेपछि सभाले समर्थन गरेको थियो ।

प्रतिक्रिया