काठमाडौं । कोरोनाको लडाईमा अग्रपंत्तीमा रहेका स्वास्थ्यकर्मीहरु नै पारिश्रमिक नपाएको देखिएको छ । ६४ प्रतिशत स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री पनि नपाएको बताइएको छ । कोरोना विरुद्ध खटेका स्वास्थ्यकर्मी मध्य ५६ प्रतिशतको बिदा कटौती गरेको र ३ प्रतिशतले पारिश्रमिक नै नदिएको पाइएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले गरेको मुलुकभरका स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको जनाएको छ ।
युनियनको स्थापना दिवसका अवसरमा ७ वर्ट प्रदेशका ११५ अस्पतालमा अनुगमन गरिएको थियो । अनुगमन पछि तयार पारिएको प्रतिवेदन मंगलवार माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबलाई बुझाइएको छ । भेटि कोभिड १९ को कारण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा पारेको असर बुझ्न युनियनले मुलुकभरका अस्पतालको अनुगमन गरेको थियो ।
प्रदेश नम्वर १ का १८ प्रदेश नम्वर २ का २ बाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका १६ , प्रदेश ५ का २७ , कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका एउटा अस्पतालमा अनुगमन गरिएको बताइएको छ । कोरोना महामारीका क्रममा ६० प्रतिशत स्वास्थ्य संस्थाहरु संचालनमा रहे पनि ४० प्रतिशत अस्पताल अंशिक रुपमा मात्र सञ्चालन भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
४१ प्रतिशत स्वास्थ्य संस्थाले मात्र चैत महिनाको पुरा पारिश्रमिक कर्मचारीलाई दिएका छन् । बैशाख महिनाको पारिश्रमिक दिने अस्पताल जम्मा १५ प्रतिशत मात्र छने भने १६ प्रतिशत अस्पतालले स्वास्थ्यकर्मीलाई पारिश्रमिक नै दिएका छैनन् ।
९५ प्रतिशत निजि स्वास्थ्य संस्था हालसम्म पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएको, पिपिई बिना नै काम गर्न पर्ने बाध्यता, र पारिश्रमिक नै नपाउने समस्या देखिएको युनियनले जनाएको छ । केही अस्पतालमा विगत फागुन महिनादेखि कै पारिश्रमिक दिइएको छैन युनियनको प्रतिवेदनमा भनिएको छ ।
तलव दिन नसक्ने अस्पतालले विभिन्न बहानाबाजी बनाइ कर्मचारीहरुलाइ मानसिक रुपमा ट’र्चर दिने गरेको पनि सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले गरेको सर्वेक्षणको रिपोर्ट बुझ्दै मन्त्री यादबले यो महामारीमा संबेदनसिल क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको समस्यामा मन्त्रालय गम्भीर भएको भन्दै यी समस्याहरुका बारेमा तत्काल अध्ययन एबम गहन छलफल गरि समस्या समधानका निम्ती आबश्यक निर्देशन दिने बताएका छन् ।









