बाँके (जानकी):
जानकी गाउँपालिका वडा नम्बर १ का राम नरेस बर्मा (नाम परिवर्तन ) कोरोना सक्रमित हुन । रोजगारीको सिलसिलामा भारत गएका उनि लामो समयको लकडाउनको कारण आफ्नो देश नेपाल आए । नेपाल प्रवेश गरे सगै बर्मालाई जानकी गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखेको थियो ।
कोरोना चेकजाच पछि उनलाई पोजेटिभ देखिएपछि गाउँपालिकाले नै स्थापना गरेको आइसोलेसनमा राखियो । १५ दिन आइसोलेसनमा राखेपछि कुनै लक्षण पनि नदेखिदा उनलाई घरमा सुरक्षित रहेर बस्न अनुरोध गर्दै पठाइएको थियो । बर्मालाई गाउँमा हेर्दा पहिले डराउनेहरु अहिले मित्रजस्तै व्यवहार गर्न थालेका छन । बर्मा पनि आफुलाई पहिलेको भन्दा धेरै सहज बातावरण भएको महसुस गरेका छन ।
वडा नम्बर १ का अर्का राहुल चमार(नाम परिवर्तन) पनि कोरोना संक्रमित हुन । कोरोना संक्रमीत भैसकेपछि चमारले स्वास्थ्यकर्मिले भनेजस्तै गरि आफ्नो खान पानमा ध्यान दिए । अहिले चमार आफ्नो घरमा फिर्ता भएर घरको काम गर्न थालेका छन । किसान भएकाले उनलाई यो बेला धान रोपाईको चटारो छ ।
बर्मा र चमार मात्र नभएर जानकी गाउँपालिकामा भेटिएका ४१ संक्रमित मध्ये १ जना त पहिले भागेपनि अन्य ४० जना १५ दिन आइसोलेसनमा बसेर घर फर्किएपछि सामान्य जिवन विताइरहेका जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले बताए । स्वास्थ्य शाखाका प्रमुख रानाले निरन्तर रुपमा घर फिर्ता गरिएकमाहरुलाई निगरानिमा राखेको बताएका छन । कोरोना संक्रमितलाई कसैले अपलेलनाका रुपमा नहेरुन भनेर स्थानिय जनताहरुका माझमा जनचेतना जगाउने काम गाउँपालिकाको स्वास्थ्य शाखाले गरिरहेको रानाले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्रिले विदेशबाट आएर कोरोना संक्रमण हुन पुगेका स्थानियको हकमा गाउँपालिकाले विभिन्न रोजगारका कार्यक्रम ल्याएको बताए । आगामि आर्थिक वर्ष २०७७÷०७८ मा आर्थिक अवस्था कमजोर भएका स्थानियहरुलाई उत्पादनमुखि कार्यक्रमहरु सन्चालन गर्ने गरि बजेट विनियोजन गरिएको जनाए ।









