विपन्न बालिकालाई “रुम टु रिड” संस्थाद्वारा राहत वितरण

नेपालगन्ज : विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि नेपाल यतिबेला लकडाउनकै अवस्थामा छ। यस विषम परिस्थितिमा अधिकांशलाई भोकमरी अनि आर्थिक संकट आइपरेको छ।

भोकमरीको समस्या कम गर्न विभिन्न सरोकारवाला निकायहरूले विभिन्न स्थानहरुमा लकडाउनको समयमा राहत वितरण गरे। यस्तै लायन्स क्लब काठमाण्डौको सहयोगमा बालिका शिक्षाको क्षेत्रमा काम गर्दै आएको “रुम टु रिड” संस्थाले पनि बिहीबार राहत वितरण गरेको छ।

रुम टु रिडको समन्वयमा लायन्स क्लब अफ काठमाडौ कन्सर्नको आर्थिक सहयोग र नगरपालिका तथा गाउँ पालिकाहरूसँगको सहकार्यमा बाँके र बर्दियाका बिभिन्न ठाँउका “रुम टु रिड”को बालिका शिक्षमा आबद्ध विपन्न बालिकाहरुलाई राहत वितरण गरिएको हो । कोरोना कोभीड १९ का कारण लामो सम देखि भएको लकडाउनले पारेको असरमा केही राहत होस भन्ने उद्देश्यले राहत वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं कन्सर्न बाकेको सदस्य सुस्मा राईले जानकारी दिनुभयो ।

उक्त संस्थाका अनुसार राहतमा प्रतीव्यक्ति २५ केजी चामल,२ केजी दाल, २ केजी नुन, २ लिटर तेल र डिटोल साबुन २ पीस वितरण गरिएको हो ।

कोहलपुर नगरपालिकाको श्री लक्ष्मी माविका ३४, श्री ज्ञान ज्योति मावि चपरगौडीका १८ र श्री नेपाल राष्ट्रिय माविका २ जना, श्री कृष्ण माविका १ जना, श्री राम माविका १० जना, श्री सगरमाथा ज्ञानपुन्जका २ जना, श्री गणेश मावि ढकेरीका १ जना, श्री ज्ञानोदय मावि खजुराका ५, र बर्दियाको श्री किसान माविका १ जना गरि ७४ जना बालिकालाई राहत वितरण गरिएको हो।

सामाजिक दूरी कायम राख्दै वितरण गरिएको राहत कार्यक्रममा पढ्नका लागि कोठा /रुम टु रिड बाँकेका फिल्ड म्यानेजर हेम लम्साल, उक्त संस्थाका कर्मचारीहरू, विभिन्न गाउँ तथा नरपालिकाका मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष, वडाध्यक्षहरूको लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया