नेपालगन्ज : लोकप्रिय गीतकार केशव पौडेलको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक “पैसा र बैँश” बोलको गीतमा केशवकै शब्द, हेमन्त शिशिरको आवाज र संगीत रहेको छ।
माया प्रेममा पैसाले पार्ने असरलाई गीत मार्फत केशबले उतारेका छन। उहीँ खोलीमा पानी, गुन्द्रुक मीठो सागको, पुतली लगायतका चर्चित लोकदोहोरी गीतहरुमा शब्द कोरिसकेका सर्जक पौडेलले पहिलोपटक आधुनिक गीतमा शब्द कोरेका हुन् । गीतका शब्दले सुन्ने जोकोहीको मनलाई छुने गर्छन् ।
गीतको भाव अनुसार भिडियोमा देखाइएको छ। भिडियोमा चर्चित नायक सबिन श्रेष्ठ र सुशीला थापा फिचर्ड छन् । भिडियोलाई देवेन कुँवरले निर्देशन गरेको हुन। त्यस्तै, नरेश अयरले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियो केशब पौडेलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो। हेर्नुस भिडियो..









