कृषि उपकरण वितरण

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत ११० जना किसानलाई कृषि उपकरण वितरण गरिएको छ । खजुरा गाउँपालिका कृषि शाखा प्रमुख पुनम पोखरेलका अनुसार वडा नं. १ देखि ८ सम्मका किसानलाई कृषि सामाग्री प्रदान गरिएको हो ।

१५ जनालाई सिंचाइ मोटर सेट, ४० जनालाई स्प्रे ट्यांकी, २९ जनालाई मल्चिंग पाइप, २६ जनालाई क्यारेट वितरण गरिने कार्यक्रम रहेकोे उनले बताइन् ।

सो कार्यक्रम अन्तरगत आज वडा नं. १ र २ मा वितरण गरिएको र क्रमश सबैलाई वितरण गरिने जनाइएको छ । मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत यसअघि पशु शाखामार्फत १० समूहलाई १०० उन्नत जातका बाख्रा वितरण गरिएको समेत उनले बताइन् ।

प्रतिक्रिया