प्रिमियर लिग : म्यानचेस्टर सिटी पराजित

काठमाडौं – बिहिबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीलाई चेल्सीले पराजित गर्यो । उक्त खेलमा चेल्सीसँग म्यानचेस्टर सिटी २–१ गोलले पराजित भयो। 

उक्त खेलको ३६ औं मिनेटमा  चेल्सीका क्रिस्टियन पुलिसिचले गोल गरी टिमलाई अग्रता दिलाउ । त्यसपछि खेलको ५५ औं मिनेटमा सिटीका केभिन डी ब्रुयनले गोल गरी खेल बराबरीमा पुर्याए । त्यसपछि खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाए ।  

त्यसको केही मिनेटमा नै चेल्सीले पेनाल्टी पायो । पेनाल्टीमार्फत विलियनले गोल गरी चेल्सीलाई जित दिलाए । जितसँगै  चेल्सीले ५४ अंक जोडेको छ ।  सिटीको ३१ खेलमा ६३ अंक रहेको छ ।  

प्रतिक्रिया