पोखरा । पछिल्लो समय जनप्रतिनिधि विभिन्न विवादमा परेका छन् । कोही तस्कर त कोही लागूऔषधमा मुछिएका छन् । कोही भने आपराधिक कर्ममा लागेको देखिएको छ । शुक्रबार एक वडाध्यक्ष गाँजा तस्करी गर्दागर्दै पक्राउ परेका छन् । एक क्विन्टलभन्दा बढी परिमाणको गाँजासहित बागलुङमा एक वडाध्यक्ष पक्राउ परेका हुन् ।
बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई इलाका प्रहरी बुर्तिवाङले पक्राउ गरेको हो । बिक्री गर्न गाँजा लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।









