सुनको मूल्य घट्यो, कति छ आजको मूल्य ? हेर्नुस्

काठमाडौं । सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य घटी प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया