गायक भुपु पाण्डेले आफ्नो “मायालु” सार्वजनिक गरे (भिडियो सहित)

नेपालगन्ज : लोकप्रिय गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको सुमधुर आवाजमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ।

सार्वजनिक “मायालु” बोलको गीतमा राजेश अर्यालले शब्द कोरेका छन् भने संगीत तथा एरेन्ज गायक भुपुले नै गरेका हुन् । चोखो अनि प्रगाढ प्रेममा रमाइरहेका प्रेमिल जोडिको कथामा आधारित गीतमा समाबेश प्रत्येक शब्दहरुले सुन्ने जोकोहीको मन केन्द्रीत गर्ने गर्छन् ।

म्युजिक कम्पोज गर्न खप्पिस गायक भुपुले यस गीतमा फरक खालको संगीत दिएका छन् । प्रेमिल शब्द अनि संगीतयुक्त गीतमा भुपु र प्रबिशाको गायिकि एकदम उत्कृष्ट छ।

गीतको भाव अनुसार भिडियो बनाइएको छ। भिडियोलाई सुनिल छेत्रीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुनिल छेत्री र बिना रावत फिचर्ड छन् । सुनिल र बिनाको केमिस्ट्री भिडियोमा गज्जबको देखिएको छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।

भिडियो राजेश अर्यालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो

प्रतिक्रिया