युभेन्ट्सको सानदार जित, रोनाल्डो र डिवालाको गोल

काठमाडौं – शुक्रबार राति सिरी ए अन्तर्गत भएको खेलमा युभेन्ट्सले सानदार जित निकोलेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्ट्सले लेसेलाई ४–० गोलले पराजित गरेको हो । 

उक्त खेलको पहिलो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन । त्यसपछि दोस्रो हाफमा पाउलो डिवालाले गोल गरी युभेन्ट्सलाई अग्रता दिलाए । उनले खेलको  ५३ औं मिनेटमा रोनाल्डोको पासमा गोल गरेका थिए । 

त्यसपछि खेलको ६२ औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो । उक्त पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले गोल गरी युभेन्ट्सलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा युभेन्ट्सका गोन्जालो हिगुइनले गोल गरे । 

त्यसको केही मिनेटमा नै ८५ औं मिनेटमा म्याथिज डि लिटले गोल गरी युभेन्ट्सलाई जित दिलाए। जितसंगै  युभेन्ट्सले २८ खेलबाट ६९ अंक जोडेको छ ।

प्रतिक्रिया