भारतमा एकैदिन देखियो १८ हजारमा कोरोना ,संक्रमितको संख्या ५ लाख नाघ्यो

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा करिब १८ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएको एएनआइले जनाएको छ।

भाइरसबाट सबैभन्दा बढी प्रभावति रहेको महाराष्ट्रमा संक्रमितको संख्या १ लाख ५० हजारभन्दा बढी पुगेको छ। २४ घण्टामा महाराष्ट्रमा मात्रै ५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। महाराष्ट्रपछि दिल्लीमा ७७ हजार  र तमिलनाडुमा ७४ हजारभन्दा बढीमा संक्रमित देखिएका छन्। 

कूल संक्रमितमध्ये २ लाख ९५ हजारभन्दा बढी संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन्। हाल भारतभर १ लाख ९७ हजार भन्दा बढी कोरोनाको एक्टिभ केस रहेको छ। 

एकैदिन संक्रमणका कारण ३ सय ८४ जनाको मृत्यु भएको छ। यससँगै भारतभर संक्रमणका कारण मृत्यहुनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ। 

भारतमा दैनिक रुपमा संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ। केन्द्र सरकारले लकडाउनलाई क्षेत्र छुट्टाएर ‘लुज’ गरेपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो।

प्रतिक्रिया