गायक राजेन्द्र कंडेलको परिवारमा “टिकटक काण्ड”का कारण तनाव (भिडियो सहित)

नेपालगन्ज : लोकप्रिय गायक राजेन्द्र कंडेलको यो वर्षको नयाँ तीज गीत सार्वजनिक भएको छ। शनिबार सार्वजनिक “म्याकुरी टिकटक काण्ड” बोलको गीतमा राजेन्द्र कंडेल र समिक्षा अधिकारीको आवाज रहेको छ।

गीतमा राजेन्द्रकै शब्द तथा संगीत रहेको छ। पछिल्लो समय टिकटक अनि मादकपदार्थ सेवनले श्रीमान श्रीमतीबीच उत्पन्न हुने पारिवारिक समस्यालाई गायक कंडेलले गीत मार्फत प्रस्तुत गरेका छन् ।

गीतको भाव अनुसार भिडियो पनि त्यतिकै आकर्षक बनेको छ। भिडियोमा चर्चित हास्यकलाकार पवन खतिवडा “म्याकुरी” र रुपा कँडेलको उत्कृष्ट अभिनय रहेको छ। भिडियोलाई दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेका हुन भने प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

सुपारी म्युजिकको अफिसियल युटुबबाट सार्वजनिक गीतलाई दर्शक स्रोताले रुचाइदिनेमा आफू विश्वस्त रहेको गायक कँडेलले बताए। हेर्नुस् भिडियो…

प्रतिक्रिया