काठमाडौँ। अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले वाशिंगटनले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुमा भिसा प्रतिबन्ध लगाइएको जानकारी दिएका छन्। उनले भने, ‘चीनले हङकङको स्वन्तन्त्रता माथि आँच पु¥याउने काम गरिरहेको छ।’ पोम्पीओकाअनुसार पूर्वसहित वर्तमान चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
चीनले हङकङको स्वायत्तता बिगार्ने काम गरेको भन्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वाचाको पालना गर्दै बेजिङ्गलाई दण्डित गरेका बताए । चीनले यस निर्णयप्रति आपत्ति जनाउँदै अमेरिकाको उक्त कदम गल्ति भएको र यसलाई अमेरिकाले फिर्ता लिनुपर्ने जनाएको छ।
यस कदमप्रति प्रतिक्रिया दिदैं वासिंगटनका चिनियाँ दूतावासले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत अमेरिकी पक्षको गलत निर्णयहरुको कडा विरोध गर्दछौं, हामी अमेरिकी पक्षलाई आफ्ना गल्तीहरू तुरुन्त सुधार गर्न, निर्णय फिर्ता लिन र चीनको घरेलु मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दछौं।“ भनेर लेखेको छ ।











