कोरोना संक्रमित गर्भवती महिलाले कोमामा जन्माइन् छोरा, १४ हप्तामा जन्मेको शिशुमा देखिएन संक्रमण

एजेन्सी, १४ असार । कोरोना भाइरसका कारण आफ्नै जीवनको लागि संघर्ष गरिरहेकी कोलोम्बियाकी एक महिलाले छोरालाई जन्म दिएकी छन् ।

कोरोना भाइरसबाट संक्रमित भएकी ३६ वर्षीय डायना अंजोलालाई उनको फोक्सोले काम नगरेपछि कोमामा राखिएको थियो ।कोमामा रहेकी डायनाले १४ हप्तामै छोरो जेफरसनलाई जन्म दिएकी हुन् ।

डाक्टरहरूले उनको फोक्सोको अवस्थाका कारण सिजेरियन तरिका अनपाएर १४ हप्तामानै डेलिभेरी गराएका हुन् ।

निर्धारित समयभन्दा अगाडि नै जन्मेका जेफरसन सास फेर्न संघर्ष गरिरहे पनि उनी कोरोना भाइरसबाट संक्रमित भने थिएनन् ।

धेरै प्रविधि र न्यूरोलोजिकल तथा फोक्सो विकासका साथै राम्रो तौल भएको शिशु २४ हप्तादेखि जीवित रहन सक्छ ।

तर, १४ हप्तामा जन्मेको शिशुलाई इन्क्युबेटरमा राखेपछि सास फेर्न सहज भएसँगै छिटो तौल पनि बढ्न थालेको उपचारमा संग्लग्न डाक्टरहरू बताउँछन् ।

दक्षिण एसियाली शहर कालीको भर्सालिस क्लिनिकमा आन्तरिक औषधिमा विशेषज्ञ डाक्टर पाला भेलास्केजले यो कुराले आफूलाई धेरै अचम्मित बनाएको बताए ।

१५ मेका दिन डायनलाई ज्वरो आएका कारण अस्पताल भर्ना गरिएकाे थियो । तीन दिनपछि उनकाे शल्यक्रिया नभएसम्मका लागि कोमामा राखिएको थियो ।

डाक्टरले आफूहरूलाई बचाउन सक्दो प्रयास गरेको भन्ने कुरा थाहा पाउँदा भावुक बनेकी अंजोला भाइरसबाट निको भएकी छिन् ।अब उनी आफ्नो छोरासँगै डिस्चार्ज हुन प्रतीक्षामा छिन् ।

प्रतिक्रिया