ज्ञानेन्द्र गिरीको शब्द-संगीतमा “मलाई माया गर्ने को” सार्वजनिक (भिडियो)

नेपालगन्ज : पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्ट शब्द तथा संगीत दिँदै आएका सर्जक ज्ञानेन्द्र गिरीको नयाँ गीत सार्वजनिक भएको छ।

आइतबार सार्वजनिक “मलाई माया गर्ने को” बोलको गीतमा ज्ञानेन्द्रकै शब्द तथा संगीत रहेको छ भने विवस बिक्रम नायक क्षेत्री र शसिका राइको आवाज रहेको छ।

डान्सिङ प्याटर्नमा आधारित गीतमा ज्ञानेन्द्रले उत्कृष्ट शब्द तथा संगीत दिने कोसिस गरेका छन् । कार्टुन क्रुका सरोज र आश्मा अभिनित यु एन्ड आइ सिरिजको टाइटल गीत “आधी भयो जीवन” बोलको गीतमा उत्कृष्ट शब्द संगीत दिइसकेका ज्ञानेन्द्रले यस गीतमा पनि फरक स्वाद दिने कोसिस गरेका छन् ।

यस गीतको अडियो संगै भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा प्रथम छेत्री र कन्चन खड्का फिचर्ड छन् । भिडियोलाई प्रथम छेत्रीले नै कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र अनन्त घिमिरेको सम्पादन रहेको छ। भिडियो प्रथम छेत्रीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

पछिल्लो समयमा निकै रुचाइएका सर्जकमा पर्ने ज्ञानेन्द्रले यस लगत्तै आफनै शब्द संगीतमा र मेलिन राइको आवाजमा “जुनी जुनी” बोलको गीतको फिमेल भर्सन ल्याउने तयारी गरेको बताए।

हेर्नुस् भिडियो…

प्रतिक्रिया