नेपालगन्ज : नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले जिल्लामा रहेका सम्पूर्ण सिलाई व्यवसायी पेसाकर्मीहरुको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ । सघंले आज बिभिन्न मागसहित नेपालगन्ज उप महानगरपालिकाका उप प्रमुख उमा थापा मगरलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष शालिक राम नगबागको नेतृत्वमा गएको टोलिले पेसा सन्चालन गर्न लिएको ऋणको व्याज तथा करमा छुट गर्न, लकडाउन अवधिभरको घरभाडा मिनाह गर्न स्थानिय सरकारद्धारा पहल गर्न, सिलाई काममा प्रयोग हुने मजदुरहरुको दैनिक जिवनयापनका लागी विषेश राहतको व्यवस्था गर्न र बैंकको सावा तथा किस्ता तिर्ने समय सिमा आगामि माघ महिना सम्म व्यवस्था गरियोस भनि सघंले जोडदार माग सहित ज्ञापनपत्र बुझाएको हो ।
सघंका पदाधिकारीहरुले सिलाई व्यवसायि संकटको घडिमा रहेको भन्दै स्थानिय सरकारले उचित व्यवस्थापन तिर ध्यान दिन अनुरोध गरेका थिए । संघका सचिव मो मिसिन हलवाई, संघका सल्हाकार सभापति कस्मिरा मिया खातुन, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष्य अब्दुल हमिद लगायतका ब्यबसायीहरुको उपस्थिती रहेको थियो ।











