काठमाडौं : आर्सनल एफए कप अन्तर्गत भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।
उक्त खेलमा आर्सनललाई जिताउन निकोलस पेपे र ड्यानियल सेबालसले एक एक गोल गरे भने सेफिल्डको तर्फबाट डाभिड म्याकगोल्ड्रिकले एक गोल गरे । उक्त खेलको २५ औं मिनेटमा आर्सनलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा सेफिल्डका डाभिडले गोल गरी खेल बराबरीमा पुर्याए । त्यसपछि खेलको अन्तिम समयमा आर्सनलका ड्यानियलले गोल गरी टिमलाई जित दिलाए । जितसँगै आर्सनल एफए कपको फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ ।











