खजुरा :असार १५ गते खजुरा गाउँपालिकाले वडा नम्बर ३ धौलागिरीमा मा धान रोपाई दिवस मनाएको छ । गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, कृषि शाखाका प्रमुख पुनम पोखरेल, सञ्चारकर्मी, किसान लगायतको सहभागीता थियो ।
बाँकेका किसानले यसवर्ष असार महिना लागेसँगै रोपाई गर्न शुरू गरेका छन् । बाँकेमा ३५ प्रतिशत क्षेत्रमा रोपाई भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल बताउँछन् । उनकाअनुसार बर्दियामा ५५ प्रतिशत धान रोपाई भएको छ ।
बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान रोपाँई हुने गरेको छ । आकाशे पानीको भरमा रहने किसानले पानी नपर्दा रोप्न पाएका छैनन् । पानीको अभावले ६५ प्रतिशत खेतीयोग्य जमिनमा अझै रोपाई हुन सकेको छैन् ।
बाँकेको खजुरा गाउँपालिकामा असार १५ गतेसम्म ८० प्रतिश खेतीयोग्य जमिनमा रोपाई भैसकेको छ । उक्त गाउँपालिकामा १८ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेको पालिकाको कृषि शाखाको रेकर्डले देखाएको छ ।
गाउँपालिकामा रहेकोमध्ये सतप्रतिशत जमिन खेतीयोग्य भएपनि यहाँ सिचाईको अभाव रहेको कृषि शाखाका प्रमुख पुनम पोखरेल बताउँछिन् । उनकाअनुसार सिचाई अभावमा किसानले समयमै रोपाई गर्न सकेका छैनन् । सिचाईको व्यवस्था भइदिएको भए अहिलेसम्म यहाँको सबै जमिनमा रोपाई भैसक्ने थियो ।
Photo : Ramu Oli / Nagarik Samaj




















