अष्ट्रेलिया प्रहरीले नेपाल भ्रमण वर्षको र्‍याली रोक्यो

काठमाडौं :

अष्ट्रेलिया प्रहरीले नेपाल भ्रमण वर्षको र्‍याली रोक्यो

नेपाल भ्रमण वर्ष–२०२० प्रबद्र्धन गर्न अष्ट्रेलियाको सिड्नीमा निकालिएको र्‍यालीलाई त्यहाँको प्रहरीले रोकिदिएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहरु र्‍याली सुरु गर्न ठिक्क परेको बेला न्यू साउथ वेल्स प्रहरीले रोकेको हो ।

भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पनि यतिखेर अष्ट्रेलियामै छन्।

र्‍यालीका लागि अनुमति नलिएको तथा र्‍याली व्यवसायिक लाभका लागि भएको प्रहरीले बताएको छ ।

प्रहरीले र्‍यालीमा सहभागीहरुको संख्या हेरेर पनि त्यसलाई अनुमति नदिएको बताइएको छ ।

सहभागीहरूले सडकपेटीमा कब्जा जमाएर पैदलयात्रीहरूलाई अप्ठ्यारोमा पार्न सक्ने उनीहरुको तर्क छ । टिभी अन्नपूर्ण बाट

प्रतिक्रिया