काठमाडौं – सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा बर्नलीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा बर्नलीलाई जित दिलाउन बेन मीले एक गोल गरे । उनको गोल नै निर्णायक बन्यो । उनले खेलको ६२ औं मिनेटमा गोल गरेका हुन् जितसँगै बर्नलीले तालिकाको आठौं स्थानमा ओगटेको छ ।











