चीनमा फेरि देखापर्‍यो नयाँ भाइरस, महामारीको रुप लिन सक्ने : वैज्ञानिक

काठमाडौं।  चीनमा फेरि नयाँ भाइरस देखापरेको छ । गत डिसेम्बरमा चीनकै वुहानबाट सुरु भएको कोरोनाभाइरसले विश्वभर महामारीको रुप लिएका बेला फेरि चीनमै नयाँ भाइरस देखापरेको बीबीसीले जनाएको छ । 

अध्ययनकर्ताकाअनुसार सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने छ । सो भाइरसले पनि आफ्नो स्वरुप परिवर्तन गरेर एक अर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ।  

नयाँ देखिएको उक्त भाइरसमा मानिसलाई चाँडै संक्रमित बनाउने, तीव्ररुपमा फैलिन सक्ने क्षमता रहेकाले सचेत रहनु पर्ने वैज्ञानिकहरुको भनाइ छ । अध्ययनकर्ताकाअनुसार यो भाइरसमा मान्छेलाई संक्रमित गर्न सक्ने लक्षण देखापरेको छ । मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन ।

प्रतिक्रिया