उपभोक्ता झुक्याउने नेपालगन्जका ब्यापारी कारवाहीमा

नेपालगन्ज :

उपभोक्ता झुक्याउने नेपालगन्जका ब्यापारी कारबाही

संयुक्त बजार अनुगमन टोलिले उपभोक्ता झुक्याउने नेपालगन्जका ब्यापारीलाई कारवाही गरेको छ ।

टोलिले मंगलबार (आज) गरेको अनुगमनमा म्याद नाघेका र बिना दर्ता पसल संचालन गरेको ब्यापारीलाई कारबाही गरेको हो ।

नेपालगन्जको धम्बोझी चोक स्थित अन्शु जनरल स्टोरले बिना दर्ता पसल संचालन गरि म्याद नाघेका बस्तु बिक्री गरिएको पाइएपछि कार्वाही स्वरुप पचास हजार जरिवाना र पच्चीस हजार बराबरको समान जफत गरेको छ ।

त्यस्तै अनुगमन टोलिले खजुरा रोडमा रहेको फरिद किरान स्टोरमा अनुगमन गर्दा उपभोग्य बस्तुको मिति नभएका पच्चीस हजार बराबरको खाद्य सामाग्री बरामद गरेको छ ।

दुबै पसलबाट बरामद गरिएको सामान आजै जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौडेलले बताएका छन् ।

प्रतिक्रिया