टंक र प्रविशाको “तमी बाहेक” रिलिज (भिडियो सहित)

नेपालगन्ज : पछिल्लो समयमा युवाहरुका ढुकढुकी बनेका गायक टंक तिमिल्सिनाको नयाँ गीत रिलिज भएको छ।

बुधबार रिलिज “तमी बाहेक” बोलको गीतमा टंक र चर्चित गायिका प्रविशा अधिकारीको सुमधुर आवाज रहेको छ। गीतमा संगीत र एरेन्ज टंकले नै गरेका हुन् । भने, राम विष्ट अविरले शब्द कोरेका छन् ।

प्रदेश ७ को चर्चित देउडा भाषा समिश्रण गरिएको उक्त गीत एकदम मेलोडियस बनेको छ। चोखो माया गर्ने प्रेमिल जोडिको कथालाई उत्कृष्ट तरिकाले टंकले गीतमा सिँगारेका छन् । गीत सुन्दा एकदम आनन्द आउने गर्छ।

गीतको अडियोसंगै भिडियो पक्ष पनि एकदम सशक्त बनेको छ। भिडियोमा टंक र प्रविशा फिचर्ड छन् । भिडियो एकदम आकर्षक बनेको छ। भिडियोमा टंक र प्रविशाको केमिस्ट्रीलाई उत्कृष्ट तरिकाले देखाइएको छ।

राम कुमार केसीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका छन् । टंक तिमिल्सिनाको अफिसियल युटुब च्यानलबाट भिडियो रिलिज गरिएको हो। हेर्नुस् भिडियो..

प्रतिक्रिया