प्रमोद खरेलले वैवाहिक वर्षगाँठ श्रीमतीसंग अस्पतालमा यसरी मनाए

चर्चित गायक प्रमोद खरेलको आज एनिभर्सरी परेको छ । गएको असार ३ गते छोरीका बाबु बनेका गायक खरेलले आज अस्पतालबाटै आफ्नो एनिभर्सरी परेको जानकारी गराएका छन् ।

दुई दिनअघि अस्पतालको सिसियु कक्षबाटै पत्निको जन्मदिन बनाएका उनी अहिले पनि अस्पतालमै छन् । उनले सामाजिक सञ्जालमा पत्निसहितको तस्बिर शेयर गर्दै आज असार १७ गते आफुहरुको एनिभर्सरी परेको बताएका छन् । 

उनले फेसबुकमा तस्बिर शेयर गर्दै भनेका छन् – असार १७,
आजकै दिन थियो हामी गॉसिएको..
मेरा कयौं अफ्ठ्यरा हरु लाइ पन्छाइदिने तिमी अहिले आफ्नै कठिनाइ सँग लडदैछौ साहसी भएर …
ढुक्क हौ म हरदम साथमा छु तिम्रो सारथी बनेर
#HAPPY_ANNIVERSARY_DEAR

प्रतिक्रिया