दश कुइन्टल च्याउको वीउ खपत हुने कृषि फार्मको सार्वजनिक सुनुवाई

नेपालगन्ज : खजुराका एक किसानले आफुले गरेको कृषि फर्मको सार्बजनिक सुनुवाइ गरेका छ्न । खजुरा गाउँ पालिका वडा नम्बर २ सि गाउँका प्रेम चौधरीले संचालन गरेको उपासना कृषि फार्मले कृषि ज्ञान केन्द्रको सहयोगमा संचालित प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तरगत पकेट बिकास कार्यक्रमको सार्बजनिक सुनुवाइ गरेका हुन ।

फार्मले ताजा कन्ने च्याउ उत्पादन गर्न कृषि ज्ञान केन्द्रबाट ४० प्रतिशत अनुदान प्राप्त गरेको थियोे । वर्षमा १० कुइन्टल च्याउको विउ खपत गरि आधुनिक च्याउ खेती मार्फत फार्मको आयस्तर बृद्धि गर्ने योजना सहित काम गरिएको फर्मका सन्चालक चौधरीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेले १४ लाख २ हजार १ सय ८६ अनुदान उक्त फार्मलाई च्याउ पकेट विकास कार्यक्रम अन्तर्गत अनुदान दिएको हो । फार्मले आफ्नो तर्फबाट १८ लाख १२ हजार ८ सय २९ स्वयम लगानी गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि ज्ञान केन्द्र नेपालगन्जका कमल रेग्मीले लकडाउनका बीचमा पनि कृषि फार्मले सम्झौता अनुरुप काम गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।

उहाँले हजारौ च्याउको पोका अट्न सक्ने फार्म स्थापना हुदाँ जिल्लामा पनि च्याउको आपुर्ति सहज हुनेमा विस्वास व्यक्त गर्नुभयो ।सार्वजनिक सुनुवाईमा वडा नम्बर २ का वडा सदस्य, स्थानिय गाउँले, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया