फेरि एक्कासि सुनको मूल्य बढ्यो, आजको मूल्य कति ? हेर्नुस्

बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार तोलामा १ सय रुपैयाले घटेको सुनको मूल्य आज ५ सय रुपैयाले बढेको हो । 

मंगलबार प्रतितोला ९१ हजार २  सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २  सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाले बढेर ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । 

प्रतिक्रिया