सुशान्तको ‘भिसेरा रिपोर्ट’ यस्तो आयो, यसरी भएको थियो मृत्यु

एजेन्सी – १५ दिन अघि बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले ।  उनले घरमै पासो लगाएर आफ्नो ज्यान फालेपनि परिवारले भने मृत्यु रहस्यमय भन्दै अनुसन्धानको माग गरेको थिए । 

मुम्बई प्रहरीले घटना रहस्यमय भन्दै यस घटनालाई लिएर अझै पनि अनुसन्धन गरिरहेको छ । हालसम्म प्रहरीले सुशान्तका परिवारका व्यक्ति, कलाकार, नजिकका साथी रिया चक्रवर्ती लगायतसँग बयान लिइसकेको छ ।  सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ । 

प्रहरी रिपोर्टमा पनि पासो लगाएको र श्वास रोकिएपछि उनको ज्यान गएको  उल्लेख रहेको छ। रिपोर्टमा उनको शरीरमा कुनै किसिमको बाहिरी चोट नदेखिएको बताइएको छ । यस्तै सुशान्तका विसरा रिपोर्ट पनि आइसकेको छ ।

मृतकको शरीरमा केही न ।शालु पदार्थ वा केही रसायन छकी भन्ने पत्ता लगाउन शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गर्नु  विसरा परिक्षण हो । मुम्बाईस्थित जेजे अस्पतालमा गरिएको विसारा परिक्षणको रिपोर्ट १७ दिनपछि आएको हो । भिसेरा रिर्पोटमा उनमा कुनै पनि न ।शालु पदार्थ नभएको र पासो लागेर नै उनको मृत्यु भएको जेजे अस्पतालले पुष्टि गरेको छ ।

प्रतिक्रिया