नेपालगन्ज : नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक नेत्र भण्डारीको नयाँ गीत रिलिज भएको छ। बुधबार रिलिज “बनपालेको लौरी” बोलको गीतमा नेत्र भण्डारी र कृष्ण केसीको सुमधुर आवाज रहेको छ।
गीतमा करण न्यौपानेले शब्द कोरेका छन् भने कृष्ण केसीले संगीत दिएका छन् । गीत पृथक शैलीमा बजारमा आएको छ। गीतको शब्द, संगीत अनि स्वर एकदम उत्कृष्ट छ। हालसम्म बजारमा आएका गीतहरू मध्य यो गीतमा फरकपनको आभाष हुने गर्छ।
दैनिक बनपाले पेसा गर्दै आएका पुरुष र एक गाउँले युवतीबीचको माया प्रेमलाई समेटिएको उक्त गीतको भिडियो पक्ष पनि एकदम अब्बल छ। गीतको भाव अनुसार भिडियो निर्माण पनि गुणस्तरीय बनाइएको छ।
भिडियोमा लोकेशनदेखि लिएर कलाकारसम्म कुनै पनि कम्प्रमाइज गरिएको छैन। भिडियोलाई शिवन पोखरेलले निर्देशन गरेका छन् । भिडियोमा नेत्र भण्डारी, शिवन पोखरेल, एलिना रायमाझी, सुमन परियार, कृष्ण केसी, बिपलव खड्का, विकास बस्नेत , बिनोद लोहनी र रामकृष्ण श्रेष्ठ फिचर्ड छन् ।
भिडियोको छायांकन स्थल एकदम आकर्षक छ। गीतमा दिपेन्द्र प्रकाश केसीको प्रोडक्सन रहेको छ। करण चैसिरले खिचेको भिडियोलाई क्रान्ति केसीले सम्पादन गरेका छन् । भिडियो रिजन नेपालको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..









