भारतमा टिकटक प्रतिबन्धपछि चर्चामा ‘चि‌ङ्गारी एप’

नेपालगंज : भारत सरकारले टिकटक लगायत ५९ चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको घोषणा गरेपछि भारतमा एकाएक चिङ्गारी एपको प्रयोग बढेको छ ।

पछिल्लो समय टिकटकको प्रयोगकर्ता चिङ्गारीमा केन्द्रित भएका छन । टिकटकजस्तै फिचर भएको भारतीय एप चि‌ङ्गारीको डाउनलोड एकाएक वृद्धि भएको चि‌ङ्गारी एपका सह–संस्थापक सुमित घोषले बताए ।

मंगलबार यो एप प्रति घण्टा १० हजारका दरले डाउनलोड भएको उनले बताए । एक ट्वीट गर्दै उनले टिकटक प्रतिबन्धनको घोषणाले आफ्नो एपको प्रयोग बढेको बताए ।

उनले पछिल्लो ७२ घण्टामा चिंङ्गारी एप ५ लाख बढि डाउनलोड भएको बताए ।

सन् २०१८ को नोभेम्वरमा रिलिज भएको छोटो भिडियो बनाउन र सेयर गर्न मिल्ने चि‌ङ्गारी एप गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुबैमा निःशुल्क डाउनलोड गर्न मिल्छ ।

चि‌ङ्गारी एपमा अपलोड भएको भिडियोमा आएको भ्युजका आधारमा प्वाइन्ट पाइने र प्वाइन्ट धेरै भएमा भिडियो बनाउने मानिसले पैसा समेत पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया