नेपालगंज : पछिल्लो दुई महिनाको अवधिमा अफ्रिकी देश बोत्सवानामा ३ सयभन्दा बढी हात्तीको मृत्यु भएको छ ।
बीबीसीका अनुसार दक्षिण अफ्रिकी देश बोत्सवानामा ओकावाङ्गो डेल्टा क्षेत्रमा मे महिनादेखि कम्तिमा ३ सय ५० हात्तीको मृत्यु भएको र हालसम्म यसको थाहा नभएको डा. नायाल म्याक्यानले जानकारी दिएका हुन् ।
बोत्सवाना सरकारले हात्ती मुर्नको कारण चोरी शिकार वा तस्करी नरहेको हुँदा मृत हात्तीबाट लिइएको नमूना परीक्कोक्षण रिपोर्ट आउन अझै केही हप्ता लाग्ने बताए ।
मृत हात्तीका दारा ननिकालिएका कारण यो घटनाको सम्बन्ध तस्करीसँग नरहेको बताइएको छ । हात्तीबाहेक अरु कुनै जनावर मरेको देखिएको छैन । हात्तीको एक तिहाई संख्या बोत्सवानामा छ ।
डेल्टा क्षेत्रमा तीन घण्टाको उडानमा १ सय ६९ वटा मृत हात्ती देखेको हुँदा हात्तीको मृत्युबारे स्थानीय संरक्षणकर्मीहरूले गएको मे महिनाको सुरुमा सरकारलाई जानकारी गराएको बेलायतको नेशनलपार्क उद्धार सहयोगी संस्थाका प्रतिनिधि समेत रहेका डा. म्याक्यानले जनाए ।

एक महिनापछि थप अनुसन्धानबाट यस्ता धेरै घटना भएको पत्ता लागेको हो ।
मृत्यु हुने हात्तीको संख्या ३ सय ५० भन्दा धेरै छ । अहिलेसम्म भएका अनुसन्धानमा हात्तीको मृत्यु विषादी वा रोगका कारण भएको भन्ने खुलेको छैन ।
“खडेरीबाहेकको अवस्थामा यति ठूलो संख्यामा हात्ती मर्नु सामान्य हुँदैन”, डा. म्याक्यानले भने, ‘हात्तीको मृत्युको प्रकृति हेर्दा न्यूरोलोजिकल सिस्टममा समस्या देखिएको छ’ ।
कोरोना भाइरस पहिले जनावरमा देखिएको र त्यसपछि मानिसमा सरेका हुनाले हात्तीको मृत्यु कुनै रोगका कारण भएको हो भने मासिनमा पनि फैलिने र महामारी बन्न सक्ने जनाइएको छ ।











