भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या केही घट्यो, संक्रमणको गति झनै तीव्र

एजेन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पुनः केही घटेको छ ।

भारतमा बितेको २४ घण्टामा ३ सय ७७ जनाले ज्यान गुमाएका छन् भने २१ हजार बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुन २ तारिखमा मात्रै भारतमा ४ सय ३८ जनाले कोरोनाको कारण कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या घटेको हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा ६ लाख २७ हजार भन्दा बढीमा संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १८ हजार २ सय २५ जनाको मृत्यु भइसकेको छ । ३ लाख ७९ हजार जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया