काठमाडौं : बिहीबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहम पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा टोटेनहम सेफिल्डसँग ३(१ गोलले पराजित भएको हो । उक्त खेलमा सेफिल्डलाई जीताउन सन्डेर बेर्गे, माउसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे । भने टोटेनहमका तर्फबाट ह्यारी केनले एक गोल गरे ।
उक्त खेलको ३१ औं मिनेटमा सेफिल्डका सन्डेरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा सेफिल्डका माउसेटले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा ओलिभरले गोल गरी सेफिल्डलाई ३-० गोलले अगाडी बढाए ।
त्यसपछि खेलको अन्तिम समयमा टोटेनहमका केनले एक गोल गरे । जितसँगै सेफिल्डले ३२ खेलमा ४७ अंक जोड्दै सातौ स्थानमा उक्लिएको छ भने टोटेनहमको ४५ अंक रहेको छ ।











